अहिलेको देशको अवस्थाले कुन नेपालीको मन दुखाएको छैन र । सबै आक्रान्त छन । देशसँगै हरेक नेपालीको मन दुखेको छ । झन सिर्जनाकर्मीको मन नखोच्ने त कुरै भएन । गीतकार तथा गायक सुरेन्द्र महर्जन ‘अमर’ लाई पनि छोएको छ । नेपाली साहित्य तथा गायनका र चित्रकलाका क्षेत्रमा आफुलाई उभ्याएका महर्जनले आफ्नै शब्द र स्वरमा राष्ट्रिय गीत सार्वजनिक गरेका हुन । अमुल कार्कीको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । सोमबार राजधानीको अनामनगरमा एक कार्यक्रमको आयोजना गरी महर्जनको राष्ट्रिय गीत सार्वजनिक गरिएको हो । सम्पुर्ण देश दुखेका बेला आफुलाई पनि दुखेकाले उक्त गीत सार्वजनिक गरेको महर्जनको भनाई छ ।
राम कार्कीको संगीत र सुरेन्द्र महर्जनका शब्द तथा स्वरमा सार्वजनिक भिडियोको निर्देशन सरोज श्रेष्ठले गरेका हुन् । विमोचनमा गायक तथा साहित्यकार महर्जनले देशको अवस्थाले आफुलाई निकै पिरोलेको विचार व्यक्त गरे । मुलुकमा नाकाबन्दी चल्दा कालोबजारी मौलाएको प्रति गुनासो व्यक्त गर्दै उनले सोही समयलाई स्वाभिमानी र राष्ट्रियतालाई थप बलियो बनाउन आफुले गीत बजारमा ल्या एका हुन् । कार्यक्रममा प्रमुख अतिथी शान्तिप्रियले प्राकृतिक प्रकोप र छिमेकी मुलुकको नाकाबन्दीले देश संकटमा हुँदा महर्जनको रुचि र संगीत तथा गीतले राष्ट्रिय स्थान पाउने दाबी गरे । ‘भाग्य’ एल्बमबाट चर्चा कमाएका महर्जनले गत साउनमा गीती संग्रह ‘अमर’ सार्वजनिक गरेका थिए । केही महिनाअघि मात्र चारओटी गीतका भिडियो एकैपटक सार्वजनिक गरेका गायक तथा साहित्यकार महर्जनले पछिल्लो समय भाषणमा सिमित राष्ट्रियतालाई गीती एल्बमबाट आम दर्शकमाझँमा ल्याउदै आएका छन् । कार्यक्रम शुभयात्रा म्युजिक प्रालीका प्रमुख संगीतकार सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।