पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा झापाले गाजीरचाट स्पोर्टिङ्ग क्लब बंगलादेशबिरुद्ध ४-१ को सहज जित हात पारेको छ। यससँगै सेमिफाइनल समीकरण पुरा भएको छ। आयोजक सहारासँगै त्रिभूवन आर्मी र मनाङ मस्र्याङ्दी क्लब यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। झापाले अब विहीबार फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लवको सामना गर्नेछ। खेलमा झापाले पहिलो हाफमा तीन गोल गरेको थियो भने भने दोश्रो हाफमा एक गोल थप्यो। गाजिरचाटले भने दोश्रो हाफमा सान्त्वना गोल मात्रै गर्यो।
Loading...