नायिका दीपाश्री निरौलादेखि रेखा थापासम्मले मिटर व्याजमा पैसा लगानी गरेका छन्। उनीहरुले पहिला बानेश्वरमा रोजमारी रेष्टुरेन्ट चालउने फिल्म निर्मार्ता धुव्र न्यौपानेलाई पैसा पैसा लगानी गरेका थिए। न्यौपाने समस्यामा परेपछि उनीहरुलाई पैसा उठाउन निकै सास्ती परेको थियो। हेटौंडाको जग्गा लिएर उनीहरुले न्यौपानेसँग पैसा असुलेका थिए। निर्देशक उज्जल घिमिरेको पैसा त अझै उठेको छैन। न्यौपाने पनि यतिवेला उपत्यकाबाट विस्थापित भइसकेका छन्। आजको दृष्टि साप्ताहिकमा खबर छ।
मिरट ब्याजको धन्दाबाट रातारात करोडपति बन्न खोज्दा गायिका रेखा शाह श्रीमानसहित दुई साता प्रहरी हिरासतमा बस्नुपर्यो। क्यासिनोमा जुवा खेल्ने सन्दीप काफ्लेलाई लाखको प्रतिमहिना १० हजारका दरले उनले ब्याज लगाएर पैसा आएकी थिइन्। यसैबीच, काफ्ले फरार भएपछि काफ्लेका बुबालाई धम्क्याएको आरोपमा उनी पक्राउ परिन्।