‘काठमाण्डौ, पोखरा, चितवन, हेटौडा मात्र नेपाल होइन, मेरो अनुहारमा सिंगो नेपाल भल्कन्छ’, नायिका रेखा थापाले पोखरामा आयोजना भएको साहित्य महोत्सवमा भनिन् ।
आफूलाई हिमाल, पहाड, तराईका हरेक नेपालीले माया गर्नुको कारण पनि यही रहेको रेखाको भनाई थियो । उनै रेखाले अनलाइनखबरसँग कुरा गर्दै भनिन् – ‘सबैभन्दा पहिले म कहाँ छु र मेरो पेसा के हो भन्ने वुझ्न जरुरी छ ।’ उनले कलाकारको माग रत्नपार्क, बागबजार, अनामनगर वा देशका कुना कुनामा भएको बताइन् ।
Loading...