‘जिरे खुर्सानी’ मा ज्वाई-जेठान बनेर खेल्दा केसी र पौडेलबीच कहिल्यै मेलमिलाप देखिएन। सिरियलमा एक-अर्काको अस्तित्वलाई दुवैले अस्वीकार गर्ने उनीहरुको सम्वन्ध वास्तविक जीवनमा भने अर्कै छ। शिवहरी आफ्नो पुरानो साथी भएको बताउने केसी आफू उनको अभिनय क्षमताबाट प्रभावित भएको बताउछन्। ‘सिरियलमा झगडा गरिरहे पनि वास्तविक जीवनमा हामी मिल्ने साथी हौं’ उनले भने, ‘नयाँ सिरियलबाट हाम्रो पुरानो सम्वन्ध अझै प्रगाढ बन्नेछ।’
Loading...