सदाबहार नायक भुवन केसीले पहिलो पटक निर्देशन गरेका चलचित्र ‘ड्रिम्स’ अहिले निक्कै चर्चामा छ। निक्कै राम्रो प्रोमो सार्वजनिक गरेको ड्रिम्सले फिल्म बजारलाई तताउने धेरैको विश्वास रहेका बेला ड्रिम्स टिमले नयाँ गीत सार्वजनिक गरेको छ।
हेर्कुलस बस्नेतको शब्दमा हेर्कुलस बस्नेत र सोमिया बराइलीले गाएको ‘तिमी छौं यहाँ’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा नायक अनमोल केसी र नवनायिका साम्राज्ञी राज्य लक्ष्मीलाई देखाईएको छ। गीतमा विशेष र रोदितको संगीत रहेको छ। चलचित्रमा अनमोल केसी, साम्रागीराज्य शाह, दर्शना केसी, सध्या केसी, अमित श्रेष्ठ, न्यान्सी थापा, आदिले अभिनय गरेका छन्। फाल्गुण २१ गतेबाट यो फिल्म अल नेपाल रिलिज हुँदै छ।
Loading...